(१) सेवाको राजपत्राड्ढित पदमा कार्य क्षमताको मूल्याड्ढनको आधारमा हुने बढुवामा स्थान नपाई चित्त नबुझ्ने सम्बन्धित कर्मचारीले सो बढुवा निर्णय उपर पुनरावलोकनको लागि निवेदन दिन चाहेमा नियम १५ बमोजिम बढुवाको नामावली प्रकाशित भएको मितिले पैंतीस दिनभित्र आयोगमा निवेदन दिन सक्नेछ । त्यसरी निवेदन दिने कर्मचारीले निवेदनमा आफूले बढुवा पाउनु पर्ने स्पष्ट आधारहरु समेत खुलाउनु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको निवेदन उपर आयोगले पुनरावलोकन गरी निवेदन परेको मितिले साठी दिनभित्र सो निवेदनको टुंगो लगाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पर्न आएको निवेदन उपनियम (२) बमोजिम टुंगो लागेपछि पहिलो पटक प्रकाशित बढुवा नामावलीमा संशोधन गर्नु पर्ने भएमा आयोगले त्यस्तो संशोधित नामावली प्रकाशन गर्नु पर्नेछ ।
(४) उपनियम (१) बमोजिम पर्न आएको निवेदन आधारहीन ठहरिएमा सोको कारण समेत खोली त्यसको जानकारी सम्बन्धित निवेदकलाई दिनु पर्नेछ ।